तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा अस्पतालमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट एकसाथ सञ्चालनमा

बाजुरा । जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याब र अक्सिजन प्लान्ट सेवा एकैसाथ सञ्चालनमा ल्याएको छ ।

जिल्ला अस्पताल बाजुराले बाजुरामै कोरोना परिक्षण गर्ने पिसिआर ल्याब र कोरोनासँगै अन्य बिरामीहरूका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट सेवा एकैसाथ सञ्चालनमा ल्याएको हो ।

पिसिआर ल्याब र अक्सिजन प्लान्टको एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले एकैसाथ उद्घाटन गर्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा पिसीआर ल्याब र अक्सिजन प्लान्टको सेवा सञ्चालनमा ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button