तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने  बताउनुभएको छ । 

सञ्चारकर्मीहरूसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश  सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पार्नुभयो । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उहाँले भन्नुभयो । गलत धारका  विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उहाँको भनाइ थियो ।                

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको  उल्लेख गर्दै उहाँले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा  निर्वाचनका लागि दाङ हुँदै गृह जिल्ला रोल्पा आउनुभएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित  प्रहरी चौकी भवनको समेत उद्घाटन गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button