तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा सामान्य सुधार

काठमाडौँ । साताको पहिलो दिन आइतबारदेखि लगातार घटेको सेयर बजार बिहीबार बढेको छ । बिहीबार नेप्से परिसूचक ३.३३ अङ्कले बढेर २७७९.९८ विन्दुमा पुगेको छ ।

दिनभरमा २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ भन्दा बढीको कारोबार भएको छ । 

कारोबार भएका कुल कम्पनीमध्ये ९० कम्पनीहरूको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button