तपाईँ सुन्दै हुनुहुन्छः

सहरी विकास मन्त्रीद्वारा पत्रकार विकको परिवारलाई ३२ हजार सहयोग

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन हुनुभएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई रु ३२ हजार सहयोग गर्नुभएको छ ।

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहनुभएका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराउनुभएको हो ।

मन्त्री झाँक्रीले मृतक विककी श्रीमतीको अछाममा रहेको नवील बैङ्कको खातामा रकम ट्रान्सफर गरिदिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अस्पतालको लापरबाही र आर्थिक अभावकै कारण पत्रकार विकको मृत्यु भएको विषयमा सम्बन्धित निकायले सत्य तथ्य बाहिर ल्याउन पहल गर्नुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री झाँक्रीले विकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button