तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी-७, बिजौनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा जिल्ला बागेश्वरी घर भएका ४१ वर्षीय ओम प्रकाश गिरी रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएको उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button