तपाईँ सुन्दै हुनुहुन्छः

३० लाख मूल्य बराबरको सामग्री बरामद

वीरगञ्ज । रु ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडक खण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त ट्रकमा भएको मालसमानसहित रु ३० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button