तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पर्वत । मध्य पहाडी राजमार्ग अन्तर्गत पर्वतको मोदी गाउँपालिका ५ भ्याप्ले खोलामा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

साँझ ५ः४० बजे पर्वतबाट पोखरा जाँदै गरेको ग २ ख १०१३ बस र ग ६ प ५५७३ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बससँग ठोक्किएका मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएपछि पर्वत अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button