तपाईँ सुन्दै हुनुहुन्छः

एनआरटी र जावलाखेल भिड्दै

काठमाडौँ ।सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नवौँ चरणको खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

८ खेलमा १० अङ्क जोडेको एनआरटी लिगको आठौँ स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौँ स्थानमा उक्लन चाहन्छ । ८ खेलमा ८ अङ्क जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अङ्क तालिका सुधार गर्न चाहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button