तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकै दिन ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा एकै दिन ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बाँकेका ३९ जनासहित ५३ जनामा कोरोना पुष्टि भएको हो । 

भेरी अस्पताल ल्याबमा २८ जना, मेडिकल कलेज कोहलपुर प्रयोगशालामा १६ जना र बागेश्वरी ल्याबमा नौ जना कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै नेपालगञ्ज नाकामा भारतबाट आएका ३२ जनामा कोरोना पुष्टि भएको छ । ३ सय १५ जनाको कोभिड परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button