तपाईँ सुन्दै हुनुहुन्छः

पुस्तक सार्वजनिक एवं साहित्यिक पुरस्कार वितरण

दोलखा । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले आज साहित्यिक पुरस्कार वितरण तथा प्रदेय साहित्यिक पत्रिकाको ११औँ अङ्क सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक बर्षको माघ १ गते वितरण हुँदै आएको विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान–२०७८ बाट भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवंम् कवि मानबहादुर खड्का सम्मानित हुनुभएको छ ।

नेपाल प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्केले आफुलाई जन्म दिने र कर्म दिने आमाहरुको सम्झनामा प्रत्येक वर्षको माघ १ गते जिल्लाका उत्कृष्ठ साहित्यकारहरु मध्य एक जनालाई बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिमार्फत विष्णुलक्ष्मी÷तुल्सीमाया साहित्य सम्मान दिँदै आउनुभएको छ । 

पुस्तक सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख भरतबहादुर केसीले प्रदेयको ११ औँ अङ्कले जिल्लाको चिनारी दिने काम गरेको बताउनुभयो । 

उहाँले साहित्यको क्षेत्रमा समेत लगानी गर्ने भीमेश्वर नगरपालिका पहिलो स्थानीय तह भएको दाबी गर्नुभयो । 

कार्यक्रममा साहित्यकार मानबहादुर खड्का र जीत कार्कीले रचना बाचन समेत गर्नुभएको थियो । 

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, सल्लाहकार एवंम नेकपा एमाले दोलखाको उपाध्यक्ष राजेन्द्र मानन्धर, नेपाली कांग्रेस दोलखाका क्षेत्रिय सभापति चित्र दहाल, भानु विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, वरिष्ठ पत्रकार शम्भु गौतम, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष सृजन कुमार घिमिरे, प्रेस चौतारी दोलखाको संयोजक प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्णप्रसाद भण्डारी, दोलखा उद्योग बाणिज्य संघका सचिव विमल श्रेष्ठ, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका उपाध्यक्ष मुरारि दुलाल, सदस्य विनिता शिवाकोटीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button