तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

कुशे गाउँपालिका–९ पैंक देखि सदरमुकाम खलङ्गा तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०३००१ त २०२६ नम्बरको ट्याक्टर मालुमेलामा दुर्घटना हुँदा कुशे ५ ढिमेका ४० वर्षीय ओम प्रकाश मल्ल र वडा नम्बर ५ खुर्पाका ३५ वर्षीय मानबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

मृतक मल्ल श्री सरस्वती प्राथमिक विद्यालय बाटुलेका प्रधानाध्यापक समेत हुन् । बुधवार राती हावाहुरी चलेको हुँदा हावा हुरीको कारण ट्याक्टर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button