तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । 

पछिल्लो समय कोभिड–१९ को महामारी पुनः फैलिएसँगै एमालेले प्रदेश अधिवेशन सारेको हो । सरकारले २५ जनाभन्दा बढी भेला हुन र भेला, अधिवेशन जस्ता कार्यक्रम गर्न रोक लगाएको छ । 

८ माघका लागि तोकिएको एमालेको प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button