तपाईँ सुन्दै हुनुहुन्छः

पुम्दीकोटमा मन्दिर निर्माणको ५० प्रतिशत काम सम्पन्न

कास्की । पुम्दीकोट विशाल महादेव मूर्ति तथा मन्दिर निर्माणको काम ५० प्रतिशत सकिएको छ । पुम्दीकोट विकास समितिले पोखरामा आज आयोजित पत्रकार सम्मेलन मार्फत मन्दिरको थप निर्माण कार्यका लागि कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले आगामी माघ ८ गते देखि १८ गते सम्म महायज्ञ सञ्चालन गर्न लागेको बताउनुभयो । मन्दिर निमार्ण तथा विशाल महादेवको मूर्ति स्थापनाको कार्य गर्दा लागेको ऋण तिर्न र अन्य भौतिक संरचना निमार्ण गर्न महायज्ञ सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

पुम्दीकोटमा अहिले सुमेरु पर्वत, मनोरेल ग्रिनरी पार्क निमार्ण, पार्किङ स्थल निर्माणको काम बाँकी रहेको बरालले बताउनुभयो ।

हाल मन्दिरमा करिब २० करोडको काम सम्पन्न भएको छ । समितिले पुम्दीकोट विशाल महादेव मूर्ति अवलोकनको उद्घाटन तथा विशाल महायज्ञ लगाउने तयारी गरिरहेको छ । उद्घाटनपछि मन्दिरमा प्रवेश शुल्कको निर्धारण गर्ने र वातावरण जोगाउन शुल्क लिइने समितिले जनाएको छ ।

पोखरा महानगरपालिका २१ पुम्दीकोटमा विशाल महादेवको मूर्ति निमार्ण भएसँगै आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ । पोखरा महानगरपालिका २१ पुम्दीकोटमा विशाल महादेवको मूर्ति निमार्ण भएसँगै आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button