तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सभापति पदका लागि ६ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत उम्मेदवार मनोनयनको निर्धारित समयभित्र सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज ५ बजे सम्मको समय तोकेको थियो ।

सो अवधिमा काँग्रेस सभापतिका लागि वर्तमान सभापति शेर बहादुर देउवा सहित कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा.शेखर कोइराला र विमलेन्द्र निधिको उम्मेदवारी परेको छ ।

file photo

त्यस्तै उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्ण बहादुर खड्का, दिवेश्वरी शाह र विजयकुमार गच्छदारको उम्मेदवारी परेको छ ।

महामन्त्रीमा  विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगन कुमार थापा, डा.प्रकाश शरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।

यस्तै सह महामन्त्रीमा बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गङ्गा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेख वकिल र उमाकान्त चौधरीले र डिना उपाध्याय गरी २० जनाको उम्मेदवारी परेको छ ।

यस्तै खुला केन्द्रीय सदस्यमध्ये थारूमा १४ जना, मधेसीमा ३२, आदिवासी जनजातिमा ८७, खस आर्य ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपाङ्ग १६,  अल्पसङ्ख्यक ६, मुस्लिम १६,  प्रदेश १–१३, प्रदेश २– ५, बागमती ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली प्रदेश ७, सुदूरपश्चिम १२ र खुला  तर्फ १ सय १०  जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button