तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल खेल आज

मकवानपुर । मकवानपुरमा जारी पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदै छ । 

हेटौँडा–४ हुप्राचौरमा जारी प्रतियोगिताको उपाधि भिडन्तमा आज हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका भिड्नेछन् ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाले बकैया र बागमती गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेको हो भने, थाहा नगरपालिकाले भीम फेदी गाउँपालिकालाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । 

फाइनल खेल आज दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । 

जिल्लाका १० स्थानीय तहको सहभागिता रहेको जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । 

यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button