तपाईँ सुन्दै हुनुहुन्छः

आज माओवादी केन्द्रको प्रदेश सम्मेलन

काठमाडौँ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्। प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्।

अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button