तपाईँ सुन्दै हुनुहुन्छः

आगामी सरकार काँग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

काठमाडौँ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उहाँले आउँदो सरकार काँग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भए लगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार काँग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।”

स्थानीय र सङ्घीय सरकार काँग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एक पटक आफूलाई जिताउन आग्रह गर्नुभयो । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button