तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृतिले समाजलाई एकताबद्ध गर्छ: मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मुलुकमा सबै जाति समुदायका पर्व तथा संस्कृतिले समाजलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । 

दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सवको उद्घाटनमा मन्त्री आलेले सबै जातिका मौलिक परम्पराका साथै भाषा, संस्कृतिलाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले विभिन्न रीति रिवाज तथा संस्कृतिले तामाङ समुदाय भरिपूर्ण रहे पनि उनीहरूका शिक्षा, स्वास्थ्यलगायत जीवनस्तर सुदृढ हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले देशमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिले राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा गौरव बढाएकाले उनीहरूका परक संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

युवा सङ्घ स्थायी समिति सदस्य विजय लामाले राष्ट्रलाई सांस्कृतिक रूपमा धनी बनाउन तामाङ जातिको सेलो नृत्य, गायन, भेष भूषाको विशेष महत्त्व रहेको उल्लेख गर्दै यिनलाई संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । चुच्चेपार्टीस्थित हायत होटेल परिसरमा दुई दिनसम्म चल्ने महोत्सवमा तामाङ संस्कृति तथा खानपिनका १५ कक्ष राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button