तपाईँ सुन्दै हुनुहुन्छः

बारा पर्सामा डीएपी मलको अभाव

बारा । बारा पर्सामा यति वेला डीएपी मलको अभाव भएको छ । 

यति वेला तराईमा गहुँ छर्ने मुख्य सिजन सिजन भएको र किसानले गहुँको बिउमै डीएपी र पोटास मल मिसाएर छर्ने गर्दछन् ।

नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी साहले अहिले डीएपी मलको अभाव भएको बताउनुभयो । कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेसनलाई गुहार्दा समेत मल केही दिनभित्रै आउँदै छ भनेर आश्वासन मात्र पाइएको किसानहरूले बताएका छन् । 

पर्सागढी नगरपालिका ३ स्थित सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईले कृषि सामग्री कम्पनीले यस वर्ष माग भए जति डीएपी मल नदिएको गुनासो गर्नुभयो । 

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीले मागभन्दा मल अत्यन्त कम रहेकाले आफूलाई चर्को दबाब रहेको बताउनुभयो । 

पर्सामा मात्रै करिब १ हजार ३ सय मेट्रिक टन डीएपी मल बिक्री गरिसकेको बताउँदै केसीले पर्सामै अझै डीएपी मल अपुग भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button