तपाईँ सुन्दै हुनुहुन्छः

महासागर जस्तै चिनियाँ अर्थव्यवस्था : राष्ट्रपति सी

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै भएको र जुन कुनै आँधीबाट बच्न सक्षम रहेको बताउनु भएको छ।

 “समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठुला हावा र आँधीबेहरी मात्र आशा गर्न सकिन्छ,” सीले २०१८ मा पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उद्घाटन समारोहमा भन्नु भएको थियो ।

कोभिड–१९ महामारी, दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व अर्थतन्त्रको सबैभन्दा खराब मन्दी र चीनको विकासलाई रोक्न केही देशहरूले गरेको प्रयासको बाबजुद चीनको अर्थतन्त्र बलियो बनेको छ। यस अस्तव्यस्तताले ओझेलमा पर्नुको सट्टा, चीनको अर्थतन्त्र बलियो रह्यो २०२० मा वृद्धि हुने एक मात्र प्रमुख अर्थतन्त्रको रूपमा उदाउनुमा चिनियाँ नेतृत्व र विशाल घरेलु बजार महत्त्वपूर्ण कारक रहेका छन् ।

“धेरै हावा र आँधीबेहरीको अनुभव गरिसकेपछि, समुद्र अझै  पनि स्थिर नै रहन्छ ।” धेरै हावा र आँधीको अनुभव गरिसकेपछि, महासागर अझै त्यहाँ रहनेछ ।  हो चीन पनि त्यस्तै छ ।  महासागरले जीवनलाई पोषण दिन्छ, चीनको विकास, वृद्धि र अवसरहरूले बाँकी विश्वलाई फाइदा पुर्‍याउँछ।, सीको टिप्पणी छ । चीनले गत वर्षको शुरुमा काम र उत्पादन पुन शुरु गर्न अगाडि बढ्यो र विश्वव्यापी आपूर्ति  शृङ्खलाको स्थिरतामा योगदान पुर्‍याएको छ । बढ्दो आयातले विश्व अर्थतन्त्रको पुनरुत्थानलाई पनि बढाएको छ।

जसरी महासागरले कुनै नदीलाई अस्वीकार गर्दैन, समसामयिक चीन पनि त्यस्तै समावेशी छस् राष्ट्र स्वतन्त्र व्यापार र बहुपक्षीयताको सशक्त वकालत र खुला विश्वव्यापी अर्थतन्त्रको सक्रिय समर्थक हो। सन् २०२० मा चीनको सुधार र खुलापनको अग्रपङ्क्तिमा रहेको शाङ्घाईको पुडोङको विकास र खुलापनको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सीले विश्व अर्थतन्त्र पनि एउटा महासागर भएको बताउनुभएको हो। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button