तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुक र गोलीसहित कैलालीमा ३ जना पक्राउ

टीकापुर, कैलाली । भरुवा बन्दुक र गोलीसहित कैलालीमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । आज बिहान करिब ७ बजेतिर भजनी नगरपालिका वडा नम्बर ७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीको टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से–३ प ७७९२ मोटरसाइकल पछाडि एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको जनाएको छ । 

सोही ठाउँका तुलसीराम चौधरीले चलाएको से–२ प ९८७७  नम्बरको मोटरसाइकल  पछाडि सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर बोकेको एक थान चक्कु, बन्चरो र टर्चलाइट बरामद गरिएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ । 
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button