तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीद्वारा कैलालीमा २ जना भारतीय प्रहरी पक्राउ

टीकापुर कैलाली । कैलालीको टीकापुरबाट नेपाल प्रहरीले २ जना भारतीय प्रहरीलाई पक्राउ गरेको छ । इजाजत बिना नेपाल प्रवेश गरेका भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू सवार एचआर ३१ पी ८७७९ नम्बरको टोयोटा गाडीले टीकापुर नगरपालिका वडा नम्बर–९, झुँगामा टीकापुर ९, रोइनीबोझीका ४१ वर्षीय इन्दलकुमार गोडियालाई गएराति ठक्कर दिई घाइते भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घाइते गोडियाको अहिले भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र त्यसको रिर्पोट आएपछि उनीहरूसँग छलफल गरिने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाकारी दिनुभयो । उनीहरू अहिले इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेका उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button