तपाईँ सुन्दै हुनुहुन्छः

१५ शय्याको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरु

घोराही । बबई गाउँपालिकामा १५ शय्याको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरु भएको छ । 

अस्पताल निर्माण कार्यको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, वडा अध्यक्ष नन्दलाल वलीले शिलान्यास गरी सुरु गर्नुभएको हो ।  

सबै स्थानीय तहमा १५ शय्याका अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको लक्ष्य अनुसार बबई गाउँपालिकाको वडा नम्बर ३ हंसपुरमा अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । 

बबई गाउँपालिकामार्फत निर्माण हुने अस्पतालको प्रतिष्ठा/क्षितिज/ज्ञानज्योती जेभीले जिम्मा लिएको छ । 

निर्माण कम्पनीले २०७८ साल जेठ महिनामा सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०८० सालको जेठ महिनासम्म अस्पताल निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौता रहेको बबई गाउँपालिका प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो । 

अस्पतालको भवन निर्माणका लागि कम्पनीले भ्याटसहित ११ करोड ९८ लाख रुपैयाँमा सम्झौता गरेको छ । 

अस्पताल निर्माणले बबई गाउँपालिका स्थानीयले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button