तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औँ महाधिवेशन भोलिदेखि सुरु हुँदै, उद्घाटनको सम्पुर्ण तयारी पुरा

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ  महाधिवेशन भोलि (शुक्रवार) बाट काठमाडौँमा सुरु हुँदै छ । 

महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाली काँग्रेसले जनाएको छ । 

महाधिवेशनको पूर्व सन्ध्यामा आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदन पारित गरेको छ । 

बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । 

पार्टी प्रवक्ता शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जति पनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले भोलि महाधिवेशनको उद्घाटन दिउँसो १:०० बजे भृकुटीमण्डपमा हुने र महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button