तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसका नेता आचार्यको पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यद्वारा लिखित जीवनको पाठशाला सम्झना र सम्बन्ध पुस्तक आज काठमाडौँमा सार्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा पुस्तकका लेखक काँग्रेस नेता आचार्यले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन अझै बन्न नसक्नु गम्भीर विषय भएकाले आवश्यक कानुन बनाउन काँग्रेसले नै पहल गर्नु पर्ने बताउनुभयो ।

नेता आचार्यले चुनाव खर्चिलो बन्दै गएको र त्यसले गर्दा योग्य र सक्षम व्यक्ति पार्टी राजनीतिबाट पन्छिन सक्ने अवस्था आउने भएकाले त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।

साहित्यकार शारदा शर्माले पुस्तकले धेरै राजनीतिक विषयलाई उजागर गरेको बताउनुभयो । राजनीतिक विश्लेषक सीके लाल र प्राध्यापक डा सावित्री मल्ल कक्षपतिले पुस्तकले धेरै ऐतिहासिक र राजनीतिक जानकारीलाई समेटेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button