तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ३० प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप

जनकपुर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप दिइएको छ ।

 
सप्तरीमा ३० दशमलव ३१, सिराहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो । 


कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोना विरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उहाँको भनाइ छ । 

कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । 

सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा  भारतबाट आउने साधु सन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button