तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन : पदाधिकारी छान्न संस्थापन पक्षको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि पदाधिकारी छान्न संस्थापन पक्षको नेताहरूको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहान ९ बजेका लागि संस्थापन पक्षको बैठक बोलाउनुभएको हो । आजको बैठकमा देउवाले आफ्नो प्यानलबाट पदाधिकारीमा उठ्ने आकाङ्क्षा राखिरहेका नेतासँग छलफल गर्नुहुनेछ ।

काँग्रेसको १४औँ महाधिवेशन २४ मङ्सिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ ।

देउवा पक्षमा उपसभापति, महामन्त्री, सह महामन्त्रीका आकाङ्क्षी धेरै देखिएका कारण देउवा त्यसको व्यवस्थापन गर्न खोजिरहनुभएको छ ।

पहिला पदाधिकारीको टुङ्गो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारीमा सभापती देउवा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button