तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन

हेटौडा । नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत गत शनिवार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचनमा उपसभापति द्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जनले  क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याउनुभयो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गर्नुभयो । 

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी हुनुभयो । सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाउनु भएको थियो । महिलातर्फको सह महामन्त्रीमा जीवन डङ्गोल ९४९  मत ल्याएर विजयी हुनुभयो । सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी हुनुहुन्थ्यो । 

खुल्लातर्फको सह महामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभयो । सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको यस अघि नै घोषणा भइसकेको थियो  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button