तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ।  सम्मेलन मंसिर २३ गतेसम्म हायत होटलमा चल्नेछ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना सुरु गरिएको प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलन आजबाट सुरु भएपनि यसको औपचारिक उद्घाटन बुधवार (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने कार्यक्रम छ। सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ आइसक्नुभएको छ । कोभिडका कारण अन्य देशका विज्ञहरू भने जुमबाट सहभागी हुनुहुने घिमिरेले जानकारी दिनुभयो । 

प्राधिकरणका अनुसार २०७२ साल पुस १० गते क्षति भएका संरचना पुनर्निर्माणका लागि प्राधिकरणको स्थापना भएको थियो। यस अवधिमा पुनर्निर्माण र पुनर्स्थापनाका महत्त्वपूर्ण कामहरू सम्पन्न गरी सरकारको निर्णयअनुसार म्याद सकिएकाले बाँकी रहेका कार्यहरू सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button