तपाईँ सुन्दै हुनुहुन्छः

बूढीगण्डकी बनाउने हो : अर्थमन्त्री शर्मा

धादिङ। अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभयो । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, “बूढीगण्डकी बनाउने हो ।”

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रेका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताउनुभयो ।

विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्य पहाडी लोक मार्ग निर्माण पूरा गर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button