तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न गठबन्धन: अध्यक्ष नेपाल

झापा । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबिच गठबन्धन निर्माण भएको बताउनुभएको छ । 

लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरूबिच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उहाँले उल्लेख गर्नुभयो ।

File photo

पार्टी सम्बद्ध नेपाल खेलकुद महासङ्घ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरूको गठबन्धनले थप सफलता हासिल गर्नेमा द्विविधा नरहेको बताउनुभयो । 

पार्टीका प्रदेश नं १ कमिटीका अध्यक्ष एवम् प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्र र सङ्घीयताको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ लैजान साझा चुनौती भएको उल्लेख गर्नुभयो । 

पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्युनिस्टका नाममा पलायनतर्फ उन्मुख भएकाले त्यसको विकल्पमा देशभक्ति कम्युनिष्टहरुबीच एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बिचमा आएको स्पष्ट पार्नुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button