तपाईँ सुन्दै हुनुहुन्छः

वैज्ञानिक समाजवादको पक्षमा माओवादी केन्द्र : नेता श्रेष्ठ

लहान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वैज्ञानिक समाजवादको पक्षमा रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको उद्घाटन गर्न प्रमुख अतिथिको रूपमा सिरहा आउनु भएका श्रेष्ठले यस्तो बताउनु भएको हो । 

पूर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्री श्रेष्ठले जनताको संविधानमा प्रदत्त अधिकारलाई प्रत्याभूत गर्न  गाँस , बास र कपासको ग्यारेन्टी गर्न एक मात्र पार्टी नेकपा (माओवादी केन्द्र) भएको दाबी गर्नुभयो ।

मजदुर, श्रमजीवी, मधेसी, दलित, गरिब, लगायत सर्वहारा वर्ग समुदायको उत्थानका लागि पुँजीवाद राजनीति प्रवृत्तिलाई परास्त गरी समाजवादको सिद्धान्तलाई अगाडि बढाउन जनताले माओवादी केन्द्रलाई मात्र विश्वास गर्नुपर्ने नेता श्रेष्ठले बताउनुभयो । 

जनताको अपेक्षा अनुसार संविधानसभाको प्रथम चुनावमा पहिलो पार्टीको रूपमा स्थापित भइसकेकोले अब हुने तिनै तहको आउने चुनावमा पनि केन्द्र पहिलो पार्टी बन्ने दाबी समेत गर्नु भएको छ । 

कार्यक्रममा नगर प्रमुख देवनाथ साह लगायत पार्टीका विशिष्ट नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । बन्द सत्र जारी रहेको नगर सम्मेलनले नयाँ कमिटी गठन गर्ने बुझिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button