तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको ६९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको ६९ लाख ५० हजार रकमसहित प्रहरीले काठमाडौँको दरबारमार्गबाट एक जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरीले सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा नगद रकमसहित हिरोसी खनाललाई पक्राउ गरेको हो । 

पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button