पोखरामा खुल्यो देशकै ठूलो स्केट पार्क
कास्की । पोखरामा देशकै ठूलो स्केट पार्क सञ्चालनमा आएको छ ।
पोखराको यातायात क्षेत्रमा कार्यरत संस्था जगदम्बा मोटर्स प्रालीले पोखरा रिक्रियसन एन्ड स्केट पार्क व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो । उक्त स्केट पार्कमा एकै पटकमा ४ सय जना सम्म खेल्न मिल्ने दाबी सञ्चालक केशव अधिकारीको रहेको छ ।

६ महिनामा निर्माण सम्पन्न भएको स्केट पार्कका लागि २ करोड ५० लाख खर्च भएको छ । युवाहरूको बढ्दो स्केट क्रेज र आधुनिक खेलको रुपमा लिइने स्केट पार्कले धेरै युवाहरूलाई आकर्षणको केन्द्र बन्न सक्ने बताउनुभएको छ । अधिकारीका अनुसार यो पार्क व्यावसायिक रुपमा खुलेको भए पनि गरिब तथा विपन्न युवाहरूका लागि भने निःशुल्क रुपमा स्केट पार्कमा आएर मनोरञ्जन गर्न सक्ने बताउनुभयो ।
साना बालबालिकादेखि अन्य जुनसुकै उमेरका समेत स्केट पार्कमा आउन सक्ने जानकारी दिँदै संरक्षक अधिकारीले स्केट पार्कमा आउने युवाहरूका लागि समेत जोखिम बिमाको समेत व्यवस्था गरिएको बताउनुभयो । अहिले दैनिक एक घण्टा स्केट पार्कमा खेले बापत रु २ सय लाग्ने र दिनभरि प्रयोग गरे बापत ५ सय शुल्क लाग्ने छ ।
प्रतिक्रिया राख्नुहोस्