तपाईँ सुन्दै हुनुहुन्छः

दाङका छ वटा पालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु

दाङ । दाङका छ वटा पालिकामा  आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको हो । 

जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । 

ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । यस पटक लगाएका उनीहरूलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ ।

यसअघि गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो ।

उनीहरूलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने  जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button