तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएपछि बन्द गरिएको राजमार्ग अहिले दिउसोबाट सञ्चालनमा आएको छ । 

स्थानीय प्रशासनले र पीडित पक्षबीच कानुन बमोजिम कारबाही र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो । 

आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको थियो ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button