तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी

धनगढी  । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । 

आज सम्पन्न मतगणना अनुसार बलायर ६ सय ८८ मत प्राप्त गरी प्रदेश सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नारायणदत्त मिश्रले २ सय ८० मत प्राप्त गर्नु भएको छ । 

यसैगरी काँग्रेस प्रदेश कार्य समितिका पदाधिकारीहरू समेत सभापति बलायर प्यानलबाटै विजयी भएका छन् । सभापतिमा निर्वाचित बलायर संस्थापन पक्षका हुनुहुन्छ ।

प्रदेश उपसभापतिमा जनकराज चौधरी (६१०) र लोकराज अवस्थी (५२३), महामन्त्रीमा नरनारायण शाह (६४८) र मेघराज खड्का (६३५) मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै सह–महामन्त्रीमा गोपाल दत्त भट्ट (५२९), चिन्तामणि भट्ट (५३३) र अम्बिका कुमारी चलाउने (६८६) मत ल्याएर विजयी हुनु भएको छ । 

निर्वाचन समितिका अनुसार कुल १ हजार २२ मत रहेको प्रदेश अधिवेशन निर्वाचनमा १ हजार ३ मत खसेको थियो ।

धनगढीस्थित काँग्रेस कैलालीको पार्टी कार्यालयमा पदाधिकारीको मतगणना सम्पन्न भएकाले यति वेला प्रदेश कार्य समितिका सदस्यहरूको मतगणना भइरहेको छ । 

५१ सदस्य पदका लागि १ सय ६३ जना चुनावी मैदानमा होमिएका थिए । जसमध्ये तीन जना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button