तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेस बागमती प्रदेश अधिवेशन : सभापतिमा पुनः मतदान हुने

मकवानपुर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश  सभापतिमा पुनः मतदान हुने भएको छ । नेपाली काङ्ग्रेसको विधान अनुसार सभापतिमा कसैको पनि ५१ प्रतिशत मत प्राप्त नभए  आज पुन: मतदान हुन लागेको हो । ।

निर्वाचन समितिका संयोजक केशव काफ्लेका अनुसार सभापतिमा इन्द्रबहादुर बानियाँले बढी मत प्राप्त गर्नु भएको छ । सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत पाउनु भएको छ, भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ र तेस्रो हुने भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नुभएको छ ।

बढी मत  प्राप्त गर्नुहुने बानियाँको मत प्रतिशत ४८ रहेको छ । काँग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा आइतबार पुन मतदान हुने काफ्लेले बताउनुभयो । निर्वाचनमा बागमती प्रदेशका कुल २ हजार १ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button