तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्सा । गादी खोलाबाट बालुवा ल्याउँदै गरेको अवस्थामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा २ को चापी टोलमा रहेको गादी खोलाबाट बालुवा ल्याउँदै गरेको अवस्थामा ना ५ त ४१०८ नम्बरको ट्याक्टरको डबाले च्यापिदा ट्याक्टर धनीको च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । 

ट्याक्टरको चक्कामा रहेको बैरिङ्ग फुटेको हुँदा ट्याक्टर मालिक पटेर्वा सुगौली वडा २ गादी बस्ने ३५ वर्षका साबिर खान बैरिङ्ग फेर्ने क्रममा जक छट्केको हुँदा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button