तपाईँ सुन्दै हुनुहुन्छः

इन्भेस्टमेन्ट बैङ्कले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) को वार्षिक साधारण सभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । 

भर्चुअल रुपमा शुक्रवार भएको वार्षिक साधारण सभाले शेयर धनीहरूलाई दिने १६ प्रतिशत लाभांश पारित गरेको छ । त्यसमध्ये १२.६१ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ । 

गत वर्ष बैङ्कले ५.११ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । बैङ्कले ३.५५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो । हाल बैङ्कको चुक्ता पुँजी १८ अर्ब .३० करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button