तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी हेटौँडामा सुरु भएको छ । 

बागमती प्रदेश अधिवेशन संयोजक तथा कांग्रेस पूर्व उप–सभापति प्रकाशमान सिंहको सभाध्यक्षयतामा भएको कार्यक्रमको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटनसहित अधिवेशन सुरुवात भएको घोषणा गर्नुभएको हो । 

हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आजबाट सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सह–महामन्त्री प्रकाश शरण महत, पूर्व मन्त्री एवम् कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको छ । 

मङ्सिर १८ गते (शनिबार) सम्म चल्ने अधिवेशनमा बागमती प्रदेशका करिब १ हजार ९ सय प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।  अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । 

बागमती प्रदेश सभापतिमा तीन जनाले उम्मेदवारी घोषणा गर्नु भएको छ । 

सभापतिमा देउवा पक्षबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौँका पूर्व सभापति भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button