तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा २६ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको खोप

सल्यान । सल्यानमा २६ प्रतिशत नागरिकले मात्र अहिले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएको उमेर समूहका नागरिकलाई लगाउने काम भइरहे पनि हालसम्म भने २६ दशमलव ८४ प्रतिशतले मात्र कोरोना विरुद्धको खोप पाएका हुन । 

जिल्लाका ३८ हजार ६ सय १६ नागरिकले पुर्णरुपमा कोरोना विरुद्धको खोप पाएको स्वास्थ्यका लागि सक्षम प्रणाली सल्यानका छत्रराज भाटले जानकारी दिनुभयो । खोप लगाउनेमा १८ वर्षका युवा युवतीदेखि ज्येष्ठ नागरिकसम्म रहेको उहाँको भनाई छ । बुधवारसम्म २६ दशमलव ८४ प्रतिशतले खोप पाएको र सबै पालिकामा खोप लगाउने कार्य पनि अघि बढी रहेको भाटले बताउनुभयो । 

सल्यानमा जोन्सन एन्ड जोन्सन, भेरोसेल र कोभिशिल्ड खोप उपलब्ध भएको थियो । खोप सल्यानका दश वटै पालिका शारदा, बागचौर, बनगाड कुपिण्डे नगरपालिका, दार्मा, कुमाख, सिद्ध कुमाख, छत्रेश्वरी, त्रिवेणी, कपुरकोट र कालिमाटी गाउँपालिकामा लगाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनु भयो । 

जिल्लामा अझैँ झन्डै ७४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् । बाँकी नागरिकको खोप निरन्तर चलिरहेको श्रेष्ठको भनाई छ । जिल्लाका सबै बासिन्दालाई पूर्ण रूपमा खोप दिनका खोपको  माग भइरहेको बताउँदै उनले खोप आउने बित्तिकै सबैतिर स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button