तपाईँ सुन्दै हुनुहुन्छः

युभेन्ट्सको सहज जित

काठमाडौं । इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १/१ गोल गरे ।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button