तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको दशौँ महाधिवेशन : नयाँ नेतृत्वका लागि आजै मतदान हुने

काठमाडौँ । नेकपा एमालेको जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व छनौटका लागि आज राति मतदान हुने भएको छ । 

चितवनमा जारी महाधिवेशनको आज चौथो दिन अध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा हुन लागेको हो । 

महाधिवेशनबाट पाटीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र महासचिवमा शङ्कर पोख्रेल सर्वसम्मतिले निर्वाचित हुनुभएको छ भने उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वाचित हुनु भएको छ । 

यो सँगै नेकपा एमालेमा पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ ।  

यसैगरी अन्य पदमा सकेसम्म सहमति गर्ने र सहमतिमा पुग्न नसके आजै निर्वाचन हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button