तपाईँ सुन्दै हुनुहुन्छः

भेढहा खोलामा पुल निर्माण थालिँदै

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–२८ बगही र वडा नं २९ रतनपुरलाई जोड्ने भेढहा खोलामा पक्की पुल निमार्ण थालिएको छ । प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को विनियोजित बजेटअन्तर्गत कूल रु एक करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

पुल निर्माण भएपछि पर्साको पर्सागढी नगरपालिकाका सबै वडा र वीरगञ्ज महानगरपालिकाको वडा नं २८, २९, ३०, ३१ का स्थानीयवासी लाभान्वित हुनेछन् । लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माणको काम अघि बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button