तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा पिकअप भ्यान दुर्घटना, २ जना घाइते

symbolic picture

बागलुङ । बागलुङको तित्याङमा मङ्गलवार पिकअप भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा ३ वर्षीय लाल बहादुर घर्ती र ५० वर्षीय सवारी चालक हर्क बहादुर बि.क रहेका छन् ।  

बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङदेखि बागलुङ बजारका लागि हिँडेको ध १ ज ५९ नम्बरको पीकअप भ्यान अडडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो । घाइते दुवैको  धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको बा.न.पा ९ का वडा अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button