तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ विदेशमन्त्रीले कतारको भ्रमणका क्रममा तालिवानको अन्तरिम सरकारको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको निमन्त्रणामा २५ देखि २६ अक्टोबरसम्म कतार भ्रमण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जानकारी दिनुभएको छ ।

प्रवक्ताका वाङ वेनबिनका अनुसार दोहामा रहँदा मन्त्री वाङले अफगानिस्तानको तालिबानको अन्तरिम सरकारको प्रतिनिधिमण्डललाई समेत भेट्नुहुनेछ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button