तपाईँ सुन्दै हुनुहुन्छः

२ लाख २८ हजार बढीको अवैध समान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले २ लाख २८ हजार बढीको अवैध समान बरामद गरेको छ । 

सशस्त्रको नं. ३५ गण हेट क्वाटर शैलेश्वरी तथा मातहत बोडर आउट पोस्ट थापा चोक, बेलौरी, गड्डाचौकी र सुन्दर नगरबाट खटिएका सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा सीमा इलाकाबाट अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी रु २ लाख २८ हजार ९५० बराबरका समान बरामद गरेको जनाइएको छ । 

बिडी, सुर्ती, मल, तयारी कपडा, थान कपडा, प्लास्टिक, स्विट सुपारी, चिनी लगायत खाद्य तथा हार्डवेयर समानहरु बरामद गरी आवश्यक कानुनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button