तपाईँ सुन्दै हुनुहुन्छः

महिला पावर लिफ्टिङ २०२१ च्याम्पियनसिपको उपाधि नेहा बानुलाई

कार्तिक ।  गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वेमेन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्नु भएको छ । 

पोखरा रङ्गशालामा  सम्पन्न प्रतियोगितामा १७ प्रतिस्पर्धीलाई उछिन्दै नेहाले ओभर अलतर्फ च्याम्पियन बन्नुभएको हो । 

६० केजी तौल समूहकी नेहाले सबै तौल गरी कुल ३४१ केजी तौल भार उठाउनुभएको थियो  । उहाँले उपाधिसँगै नगद ८० हजार र ५० हजार पर्ने आकर्षक बेल्ट समेत प्राप्त गर्नुभएको छ  । 


नेहा ६० केजी तौल मुनीको समूहमा प्रथम समेत हुनुभएको थियो । 

त्यसैगरी, प्रतियोगितामा ६० केजी मुनीको समूहमा पुनम तामाङ दोस्रो र ज्योति थापा तेस्रो हुनुभयो । 

प्रतियोगिता अन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम हुँदा सीमा गुरुङ द्वितीय र कोमल थापा तृतीय हुनभयो  ।

प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ प्राप्त गरेका छन् । 

प्रतियोगितामा विजेता खेलाडीलाई पदक, नगद तथा बेल्ट गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रतियोगिता मुख्य प्रायोजक संस्थाका तर्फबाट आइडिया फोर वर्ल्डकी निर्देशक रोजिना प्रधान राई, अन्नपूर्ण केबलकारका अध्यक्ष तीर्थराज त्रिपाठी, नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेशराज भण्डारी, महासचिव राजन श्रेष्ठ लगायतले पुरस्कार नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button