तपाईँ सुन्दै हुनुहुन्छः

आज ७ सय ८ कोरोना संक्रमित थपिए

काठमाडौँ । आज देशभर ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । 

९ हजार ३ सय ७६ नमुनाको परिक्षण गर्दा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ९ सय ३२ जना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९७ दशमलव २ प्रतिशत छ । 

File photo

आज ११ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै हाससम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको हो । 

देशैभर १० हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमितले होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button